गोपनीयता नीति

डेनभर प्रिस्कूल कार्यक्रमले हाम्रो वेबसाइट हेर्ने व्यक्तिहरूको गोपनीयतालाई गम्भीरतापूर्वक लिन्छ। हामीले यो गोपनीयता नीति हामीले कस्तो जानकारी सङ्कलन गर्छौँ र कसरी सो जानकारी प्रयोग गरिन्छ तथा सुरक्षित राखिन्छ भन्ने कुरा सञ्चार गर्नका लागि विकसित गरेका छौँ।

यो वेबसाइट (https://dpp.org) मा पहुँच राखेर तपाईँले यहाँ व्यक्त गरिएका नियम तथा सर्तहरूको प्राप्तिस्वीकार गर्नुहुन्छ। हामीसँग हाम्रै विवेकमा र सूचना बिनै यो नीति परिवर्तन गर्ने अधिकार रहेको छ।

कस्तो जानकारी सङ्कलन गरिन्छ र किन?

प्रयोगकर्ता हाम्रो वेबसाइटमा गएपछि, प्रयोगकर्ताले वेबसाइटमा गरेको गतिविधि ’bout प्रयोगकर्तालाई व्यक्तिगत रूपमा पहिचान नगर्ने किसिमको जानकारी सङ्कलन गर्दछौँ। हामी प्रयोगकर्ताले वेबसाइटमा जान प्रयोग गरेको डोमेन र प्रयोगकर्ताको ब्राउजरको किसिम जस्ता जानकारी पत्ता लगाउँछौँ। हामी हाम्रो वेबसाइटमा प्रयोगकर्ताको सत्रका विषयमा निर्दिष्ट जानकारी पनि सङ्कलन गर्दछौँ। यसमा वेबसाइट प्रयोग गरेको मिति र समय तथा हेरेका पृष्ठहरू जस्ता आइटम पनि सामेल छन्।

कहिलेकाहीँ हामी प्रयोगकर्तालाई स्वेच्छिक रूपमा व्यक्तिगत रूपमा पहिचानयोग्य जानकारी (पिआइआइ) प्रदान गर्न अनुरोध पनि गर्दछौँ। यस जानकारीमा सामान्यतया निम्न सामेल छन् तर यतिमै सीमित छैनन् – नाम, इमेल ठेगाना, हुलाकी ठेगाना, र टेलिफोन नम्बर। प्रयोगकर्ताले तलका मध्ये एउटा अनुरोध गरेमा मात्र हामी यो जानकारी अनुरोध गर्दछौँ:

  • अनलाइन सेमिनार वा प्रदर्शनमा उपस्थित हुन रजिस्टर गर्न
  • सफेदपत्र वा सङ्केत नमुना जस्ता निर्दिष्ट जानकारी प्राप्त गर्न
  • मेलिङ सूचीका लागि साइन अप गर्न
  • हामीसँग पत्राचार गर्न
  • वा हामीले आवश्यक ठानेका अन्य त्यस्ता गतिविधि गर्न

डेनभर प्रिस्कूल कार्यक्रमले कुनै पनि व्यक्तिगत रूपमा पहिचान गर्न सकिने आर्थिक वा स्वास्थ्य-सम्बन्धी जानकारी सङ्कलन गर्दैन। हामी सोद्देश्य १३ वर्ष भन्दा साना बच्चाहरूबाट जानकारी सङ्कलन गर्दैनौँ।

त्यस्तो जानकारी कसरी प्रयोग गरिन्छ?

हाम्रो वेबसाइटलाई कसरी प्रयोग गरिन्छ विश्लेषण गर्न र वेबसाइटले प्रदान गर्ने विषयवस्तु तथा सेवा सुधार गर्न गैर-व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी (गैर-पिआइआइ) सङ्कलन गरिन्छ।

व्यक्तिगत रूपमा पहिचानयोग्य जानकारी वेबसाइटको विषयवस्तु तथा हामीले प्रयोगकर्तालाई प्रदान गर्ने सेवाहरू सुधार गर्नका लागि विश्लेषण गर्न सङ्कलन गरिन्छ।

डेनभर प्रिस्कूल कार्यक्रमले त्यस्तो सङ्कलित जानकारी माथि स्वामीत्व राख्छ र त्यस्तो जानकारी अन्य कसैलाई बिक्री, सट्टापट्टा वा भाडा दिने काम गर्दैन। हामीले त्यस्तो जानकारी प्रयोगकर्तासँगको सम्पर्कलाई निरन्तरता दिन प्रयोग गर्न सक्छौँ। यसमा सम्पर्क-व्यक्तिसँगको सम्पर्क फलो-अप गर्नका लागि फलो-अप टेलिफोन कलहरू, इमेल पत्राचार, वा हुलाकी पत्राचार वा प्रवर्द्धनहरू, नयाँ सेवाहरू, वा महत्त्वपूर्ण वेबसाइट परिवर्तनहरूका विषयमा बजारीकरण जानकारी प्रदान गर्ने कुरा सामेल छन्। डेनभर प्रिस्कूल कार्यक्रमले यो जानकारी कुनै प्रवर्द्धन वा सेवा प्रदान गर्ने उद्देश्यका लागि आफ्ना बिजिनेस साझेदारहरूसँग साझा गर्न सक्नेछ।

के वेबसाइटमा “कुकीहरू” प्रयोग गरिन्छन्?

“कुकीहरू” जानकारीका ससाना टुक्राहरू हुन् जो वेब प्रयोगकर्ताको हार्ड ड्राइभमा राखिन्छन्। तपाईँलाई राम्रो सेवा प्रदान गर्नका लागि हामी कुकीहरूको प्रयोग गर्न सक्छौँ। कुकीहरू जानकारीका ती टुक्राहरू हुन् जुन वेबसाइटले तपाईँको कम्प्युटरको हार्ड डिस्कमा अभिलेखीकरण उद्देश्यका लागि स्थानान्तरित गर्दछ। कुकीहरूले कुनै निर्दिष्ट साइटका लागि तपाईँका प्राथमिकता सम्बन्धी जानकारी भण्डारन गरेर वेबलाई बढी उपयोगी बनाउछन्। कुकीहरूको प्रयोग एउटा औद्योगिक मानक नै हो, र धेरै प्रमुख वेबसाइटहरूले तिनलाई आफ्ना ग्राहकहरूका लागि उपयोगी विशेषताहरू प्रदान गर्नका लागि प्रयोग गर्दछन्। कुकीले आफैँमा व्यक्तिगत रूपमा प्रयोगकर्ताहरूको पहिचान गर्दैनन्, यद्यपि तिनले प्रयोगकर्ताको कम्प्युटर भने पहिचान गर्दछन्। धेरै ब्राउजरहरूलाई सुरुमा कुकीहरू स्वीकार गर्नका लागि सेट गरिएको हुन्छ। यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँले आफ्नो ब्राउजरलाई कुकी अस्वीकार गर्नेगरि सेट गर्न सक्नुहुन्छ। यद्यपि, तपाईँले त्यसो गर्नुभयो भने, डेनभर प्रिस्कूल कार्यक्रम साइटको प्रकार्यात्मकताको पूर्ण लाभ लिन भने सक्नुहुन्न।

व्यक्तिगत रूपमा पहिचानयोग्य जानकारीको सुरक्षा कसरी गरिन्छ?

डेनभर प्रिस्कूल कार्यक्रमले इलेक्ट्रोनिक जानकारी सुरक्षित राख्नका लागि फायरवालहरू, घुसपैठ अनुगमन, र पासवर्डहरू जस्ता औद्योगिक मानक विधिहरू र संयन्त्रहरूको उपयोग गर्दछ। उपकरणहरूलाई लक गर्ने र २४ घण्टे परिसर अनुगमन जस्ता बहुभौतिक सुरक्षा विधिहरू पनि प्रयोग गरिन्छन्। अन्त्यमा, पिआइआइ माथिको पहुँच पर्सोनेलहरूको सानो सङ्ख्या र जान्न-आवश्यक आधारमा सीमित गरिएको छ।

अन्य वेबसाइटहरूको लिङ्क

डेनभर प्रिस्कूल कार्यक्रम वेबसाइटमा अन्य इन्टरनेट वेबसाइटका लिङ्कहरू हुन सक्छन्। डेनभर प्रिस्कूल कार्यक्रमले बाहिरी वेबसाइटहरूको न नियन्त्रण गर्छ न समर्थन नै गर्छ र त्यस्ता साइटहरूका विषयवस्तुहरू प्रति पनि जिम्मेवार छैन।  यस नीतिले गैर-डेनभर प्रिस्कूल कार्यक्रम वेबसाइटहरूका गोपनीयता नीतिहरू तथा तथ्याङ्क सङ्कलन अभ्यासहरूलाई समेट्दैन।

पत्राचारबाट कसरी बाहिरिने

प्रयोगकर्ताले प्रदान गरेको जानकारीमा आधारित रहेर, डेनभर प्रिस्कूल कार्यक्रमले प्रयोगकर्तालाई इमेल पत्राचार पठाउन सक्छ। प्रत्येक पत्राचारमा अगाडिका पत्राचारबाट बाहिरिने सरल तरिकाहरू रहनेछन्।