डेनभर प्रिस्कूल कार्यक्रममा रुचि लिनुभएकामा तपाईँलाई धन्यवाद छ!

डेनभर प्रिस्कूल कार्यक्रम (डिपिपि) एउटा स्थानीय सङ्गठन हो जसले डेनभर सहर र काउन्टीमा बस्ने सबै परिवारहरूलाई प्रिस्कूलमा पैसा बचत गर्न मद्दत मद्दत गर्दछ। डेनभर मतदाताहरूका कारण, समर्पित सहर बिक्री कर मार्फत फन्डहरू उपलब्ध छन् जसले हरेक डेनभर परिवारलाई किन्डरगार्टन अघिको वर्षमा आफ्नो बच्चाका लागि प्रिस्कूल खर्चहरूमा पैसा बचत गर्न मद्दत गर्दछन्।

हरेक महिना प्रिस्कूल खर्चमा तपाईँ कति बचत गर्न सक्नुहुन्छ?*

तपाईंको DPP ट्यूशन क्रेडिट अनुमान गर्नुहोस्

$

*प्रत्येक विद्यालयको लागि तपाइँको सम्भावित ट्यूशन क्रेडिट हेर्न ट्यूशन विवरणहरू प्रविष्ट गर्नुहोस्।

$0
/महिना

तपाईँले कसरी सुरु गर्न सक्नुहुन्छ?

१ -एउटा प्रिस्कूल छनोट गर्नुहोस् 

यदि तपाईँले कुनै प्रिस्कूल भेट्नुभएको छैन भने, तपाईँले आफ्नो खोजी यहाँ सुरु गर्न सक्नुहुन्छ: https://find.dpp.org/welcome/

वा कुनै प्रिस्कूल पत्ता लगाउन मद्दतका लागि enroll@dpp.org वा ३०३-५९५-४३७७ मा हाम्रो प्रिस्कूल नेभिगेटरलाई सम्पर्क गर्नुहोस्।

२ -डिपिपि ट्युसन क्रेडिटका लागि आफ्नो आवेदन बुझाउनुहोस्

आफ्नो आवेदन सुरु गर्नुहोस्

ट्युसन क्रेडिटका लागि तपाईँको बच्चा:

  • डेनभर सहर वा काउन्टीमा बसोबास गर्ने हुनु पर्नेछ
  • तपाईँले आवेदन गर्न चाहेको स्कूल वर्षको अक्टोबर १ वा अघि ४ वर्ष पुगेको हुनु पर्नेछ।
  • डिपिपि-सहभागी कार्यक्रममा उपस्थित भएको हुनु पर्नेछ।

यदि तपाईँ आफ्नो आवेदन हुलाक, फ्याक्स वा व्यक्ति उपस्थित भएर बुझाउन चाहनुहुन्छ भने पिडिएफ आवेदन डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस्.

डेनभर प्रिस्कूल कार्यक्रम (डिपिपि) का विषयमा बढी जान्नुहोस्

डेनभर प्रिस्कूल कार्यक्रम, प्रिस्कूल ट्युसन क्रेडिटहरू र प्रिस्कूल कसरी पत्ता लगाउने भन्ने विषयमा बढी जान्नका लागि तलको बारम्बार सोधिने प्रश्नहरू पढ्नुहोस्। यदि तपाईँसँग अतिरिक्त प्रश्नहरू छन् भने वा डिपिपि बारे अधिक जान्नका लागि कसैसँग कुरा गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई info@dpp.org मा इमेल गर्नुहोस् वा ३०३.५९५.४३७७ मा फोन गर्नुहोस्।

डिपिपि ट्युसन क्रेडिट बारम्बार सोधिने प्रश्नहरू

कुनै बच्चाले भर्ना लिँदा के डिपिपिले उसको वा उनको वा परिवारको आप्रवासी दर्जा सोध्छ?

सोध्दैन। डेनभर प्रिस्कूल कार्यक्रमले विद्यार्थीहरूको आप्रवासी दर्जा जेसुकै भए तापनि र जात, जातियता, वर्ण, उत्पत्ति राष्ट्र वा धर्मका आधारमा विभेद नगरी उनीहरूलाई भर्ना गर्दछ।

डिपिपि आवेदन पूरा गर्नका लागि मलाई के आवश्यक ?

डिपिपि आवेदन पूरा गर्नका लागि तपाईँलाई निम्न कुराको प्रमाण प्रदान गर्नु पर्नेछ: १) तपाईँको बच्चाको उमेर २) डेनभर काउन्टी वा सहरभित्र तपाईँको वर्तमान ठेगाना र ३) मासिक आय।

डिपिपिले स्वीकार गर्छ:

तपाईँको बच्चाको उमेरको प्रमाणीकरण गर्नका लागि जन्म मिति देखाउने जन्म प्रमाणपत्र, ब्याप्टिज्मल अभिलेख, अदालत अभिलेख, खोप अभिलेख वा अस्पतालको अभिलेख।

तपाईँको ठेगानाको प्रमाणीकरणका लागि लिजको प्रति, गृह स्वामीत्वको प्रमाण, वा ग्यास, विद्युत वा पानी जस्ता युटिलिटी बिलहरू जसले सेवा दिइने ठेगाना र आमाबाबु/अभिभावको नाम प्रदर्शित गर्दछ।

आयको प्रमाणीकरणका लागि तपाईँको घरपरिवारमा बस्ने प्रत्येक आमाबाबु/अभिभावकको कम्तीमा तीनवटा क्रमागत हप्ताहरूको आय प्रमाणीकरण प्रलेखहरू।

केही आवश्यक प्रलेखहरूका लागि हामी सपथपत्र पनि स्वीकार गर्दछौँ। यदि तपाईँ सपथपत्रमा रुचि राख्नुहुन्छ वा हामीले मद्दत गर्नु पर्ने कुरा कुरा भए, हामीलाई निर्धक्क ३०३.५९५.४३७७ मा फोन गर्नुहोस् वा info@dpp.org मा इमेल गर्नुहोस्।

प्रिस्कूल बारम्बार सोधिने प्रश्नहरू

मैले किन मेरो बच्चालाई प्रिस्कूलमा भर्ना गर्नु पर्छ?

दसकौँको अनुसन्धानले प्रिस्कूलले स्कूलको सफलता प्रवर्द्धन गर्ने, राम्रो रोजगारतर्फ डोऱ्याउने, र अझ अपराध समेत रोकथाम गर्ने देखाएका छन्। प्रिस्कूलका लाभहरू स्कूलमा असफल हुने जोखिममा रहेका बालबालिकाहरूका लागि सबैभन्दा राम्रा देखिए तापनि प्रिस्कूलले आर्थिक स्थिति जेसुकै भए तापनि सम्पूर्ण बालबालिकाहरूलाई लाभ दिएका छन्।

गुणस्तर रेटिङ भन्नाले के बुझिन्छ?

कोलोराडो साइन्स क्वालिटी रेटिङ एन्ड इम्प्रुभमेन्ट सिस्टम (क्युआरआइएस) ले प्रदायकहरूका लागि गुणस्तर सुधारतर्फ एउटा मार्ग सिर्जना गर्दछ। लाइसेन्सप्राप्त बच्चा स्याहार र प्रारम्भिक शिक्षा प्रदायकहरूलाई पाँच क्षेत्रहरूमा मूल्याङ्कन गरिन्छ, त्यसपछि १ देखि ५ सम्मको संयुक्त प्राप्ताङ्क दिइन्छ, जहाँ ५ सर्वोत्तम हो। यस प्राप्ताङ्कले एउटा आधार सिर्जना गर्दछ जहाँबाट प्रारम्भिक बाल्यावस्था स्याहार तथा शिक्षा प्रदायकहरूले बच्चाहरू तथा उनीहरूका परिवारहरूलाई राम्रो सेवा दिने सेवाहरूको गुणस्तर सुधार गर्न सक्छन्।

अब के गर्ने निश्चित छैन?

डेनभर प्रिस्कूल कार्यक्रमलाई सम्पर्क गर्नुहोस्

हामी तपाईँलाई तपाईँ नजिक उच्च-गुणस्तरको प्रिस्कूलका पत्ता लगाउन र सोका लागि खर्च गर्न यहाँ छौँ। डेनभर प्रिस्कूल कार्यक्रमका बारेमा प्रश्नहरूका लागि, वा ट्युसन सहयोगका लागि साइन अप गर्न सहयोगका लागि तलको जानकारी प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

ट्युसन क्रेडिट प्रश्नहरू

फोन: ३०३.५९५.४डिपिपि(३७७)

इमेल: info@dpp.org

ट्युसन क्रेडिट आवेदनहरू बुझाउनुहोस्

अनलाइन: https://dpp.org/start-your-application/

इमेलद्वारा: info@dpp.org

फ्याक्सद्वारा: ३०३.२९५.१७५०

हुलाकद्वारा:

डेनभर प्रिस्कूल कार्यक्रम

P.O. Box 40037

Denver, CO 80204-0037

परिवारहरूका लागि अतिरिक्त संसाधनहरू

  • डेनभरमा प्रिस्कूल उमेर नपुगेको कुनै बच्चाका लागि बच्चा स्याहार चाहिएको छ? युनाइटेड वेसँग जोडिनका लागि २-१-१ मा फोन गर्नुहोस्, जसले निःशुल्क बच्चा स्याहार संसाधनहरू तथा रेफरल सेवाहरू प्रदान गर्दछ।
  • डेनभर बाहिर बच्चा स्याहार वा प्रिस्कूल चाहिएको छ? राज्यमा उपलब्ध लाइसेन्सप्राप्त स्याहार कार्यक्रमहरूको पूर्ण सूचीका लागि कोलोराडो साइन्सलाई सम्पर्क गर्नुहोस् वा १-८७७-३८८-२२७३ मा फोन गर्नुहोस्।

कुनै परिवारले प्राप्त गर्ने सहयोगको मात्रा परिवारको आकार र आय, छनोट गरिएको प्रिस्कूलको गुणस्तर, र बच्चाले प्रिस्कूलमा पढेको समयको अवधिमा भर पर्छ। माथिको अनुमान तपाईँले प्रविष्ट गराएका क्षेत्रहरू र स्कूल रेटिङ ४ मा आधारित रहेको छ। यदि तपाईँको स्कूल अझै पनि डिपिपि प्रिस्कूल साझेदार छैन भने, कृपया उनीहरूलाई कसरी साइन अप गर्ने भन्ने कुरा जान्न हामीलाई सम्पर्क गर्न प्रोत्साहित गर्नुहोस्।